Back to top

गौतमबुद्ध सन्देश

भैरहवा, ७ साउन ।

५ नम्बर प्रदेश सरकारले अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गर्ने गरी योजनाहरु ल्याएको योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले बताएका छन् । प्रतिमान–निमा मेमोरियलफाउन्डेसन र ईन्ष्टिच्युट फर इन्ट्रीग्रेटेड डेभलपमेन्ट स्टडीजले संयुक्त रुपमा भैरहवामा गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष डा.श्रेष्ठले भने ‘हामी ५ नम्बर प्रदेशमा हरेक कार्यक्रम अध्ययनअनुसन्धानका आधारमा मात्रै तय गर्ने प्रयास गर्दैछौं । ’

सोही अवसरमा नेपाल इकोनोमिक आउटलुक २०१७÷०१८ र नेपस्टाटमा उल्लेखीत नेपालको आर्थिक अवस्थाको बारेमा पनि चर्चा गर्दै देशका ७ वटै प्रदेशमा आर्थिक विश्लेषण अध्ययनअनुसन्धान आवश्यक रहेको उपाध्यक्ष श्रेष्ठले बताए । डा.श्रेष्ठले प्रतिमान–नीमा मेमोरियल फाउण्डेशनले रुपन्देही जिल्लामा मात्र सिमित नभई प्रदेशका १२ जिल्लामा विस्तार गरी यसप्रकारका अनुसन्धानमूलक कार्य गरेमा प्रदेश सरकारले संस्थालाई सहयोग गर्ने र अनुसन्धानवाट आउने तथ्याङ्क प्रदेश सरकारको लागी उपयोगी हुने बताए ।

कार्यक्रममा सहभागी प्रदेश सरकारका अर्थसचिव थानेश्वर गौतमले मानिसहरुको जीवनस्तर माथी उकास्न कृषि, पर्यटनका क्षेत्रमा विशेष जोड दिएर प्रदेश सरकारले बजेट ल्याएकोबताए ।

अनुसन्धानमूलक आउटलुकले नेपालमा कुल ग्राहस्थ उत्पादन २०२० सम्म ५ दशमलब २ प्रतिशत सम्म पुग्ने अनुमान गरेको छ । उक्त सर्भेमा कुल ग्राहस्थ उत्पादनमा कृषितर्फ २९दशमलब ५२ प्रतिशत, उद्योग तर्फ १४ दशमलब २१ र सरकारी राजस्व तर्फ २१ द्यशमलब ४२ प्रतिशत वृद्धि हुने अपेक्षा गरिएको छ ।

कृर्षी तर्फ धानको उत्पादनमा प्रतिकुल मौसमका कारण विगतमा भन्दा १ दशमलब ५ प्रतिशत गिरावट हुने बताइएको छ । अनुसन्धान प्रतिवेदनमा मकैं ९ दशमलब ४० प्रतिशत, गहुं ९दशमलब ६५ प्रतिशत र कोदो २ दशमलब ५४ प्रतिशतले उत्पादनमा वृद्धि हुने बताइएको छ । कृर्षिको व्यवसायीकरण, सिंचाईको विस्तार, प्रायाप्त मल र विऊको कारण कृषि उपजकोउत्पादन वृद्धि हुने अनुसन्धानकर्ताको तर्क छ ।

धुव्र भण्डारीले प्रस्तुत गरेको उक्त आउटलुकमा शिक्षा र विद्युतमा विशेष जोड दिईएको थियो । आउटलुक माथी टिप्पणी गर्दै नेपाल राष्ट्र बैंकका सहायक निर्देशक गुलाब धवलले नेपालराष्ट्रबैंकले आर्थिक विश्लेषणको लागी प्राथमिक तथ्यांक संकलन गर्ने भएता पनि सहजै तथ्यांक नपाउँदा समस्या भएको बताएका थिए ।

उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक डा.शंकर प्रसाद नेपालले तथ्यांकको विश्वसनीयता कायम गर्नुपर्नेमा जोड दिए । उनले भने ‘अहिले तथ्यांक मिथ्यांकमापरिणत भएको अवस्थामा पनि छ त्यस्तो हुदां सबै कार्यक्रम फेल हुन्छन् । त्यसो हुनुहुर्दैन । ’

अर्थविद डा.नविन पन्तले सुक्ष्म ढंगले अनुसन्धान गरेर तथ्यांक विश्लेषण गरी योजना बनाएमा मात्रै हरेक योजना सफल हुने बताए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसादअधिकारीले सिद्धार्थनगरलाई आर्थिक हिसाबले समृद्धि बनाउन आफुहरु लागी परेको बताए ।

कार्यक्रममा प्रतिमान निमा मेमोरियल फाउन्डेसशको कार्यकारी निर्देशक स्वाती थापाले अध्ययन अनुसन्धानबाट निस्केको निश्कर्ष माथी विज्ञहरुको राय समेटेर मात्रै हरेक योजनाअगाडी बढाउनुपर्नेमा जोड दिईन् ।

सो कार्यक्रममा संस्कृतिविद प्रा.डा गितु गिरी, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्ले, पक्लिहवा कृषि क्याम्पसका सहायक प्राध्यापक हुमा न्यौपाने, नेपाल उद्योग वाणिज्यमहासंघका सदस्य राजेश अग्रवाल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, उद्योगी अजय कुमार गुप्ता, ई.रवि रौनियार, पत्रकार चेतन पन्त, नरेश के.सी लगायतलेप्रदेश नम्बर ५ लाई समृद्ध बनाउन सबै मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिएको प्रतिमान–निमा मेमोरियल फाउन्डेसनको धर्म बहादुर के.सीले बताए ।

निर्देशक स्वाती थापाका अनुसार फाउण्डेशनले अमेरिकाको एल युनिर्भसिटी संगको सहकार्यमा पानीमा हुने आर्सेनिकको सम्बन्धमा, अमेरिकाकै युर्निभसिटी अफ न्यू मेक्सी र नेपालस्टडी सेन्टरकोे सहकार्यमा महिनाहरुको महिनावारीको बारेमा अनुसन्धान गरेको थियो । हाल महिलाहरुमा हुने सर्भिकल क्यान्सरको विषयमा अनुसन्धान गरिरहेको छ ।फाउण्डेशनलाई अनुसन्धानमा युर्निभसिटी अफ न्यू मेक्सीका प्राध्यापक डा. आलोक बोहराले विशेष सहयोग गर्दै आएका छन् । प्रतिमान निमाले शिक्षा, अध्ययन अनुसन्धान सामाजिकक्षेत्रमा काम गर्दै आएको छ ।