Back to top
Authors
Prabin Dhakal
Published Year
2019
Research Type
Discussion Papers

नेपालमा तरकारीको बजार, मूल्य एवं कृषक र उपभोक्ता बिचको एक अध्ययन

हिजोआज तरकारी खेती सामान्य घरायसी प्रयोजनका लागि मात्र नभएर व्यवसायिक तवरले पनि गर्न लागिएको छ । कृषकले तरकारी उत्पादनका साथै त्यसको बिक्रीबाट प्राप्त हुने आयले उनिहरुको जिवनवस्तर उकास्न सहयोग पु¥याउँछ । विभिन्न सञ्चार माध्यममा कृषकको बिक्री मूल्य र उपभोक्ताको खरिद मुल्यमा निकै अन्तर छ र यस बिचमा बिचौलियाले निकै ठूलो रकम उपभोक्ताबाट असुल्छन् भनिएतापनि आवश्यक तथ्याङ्कको अभाव हुँदै आएको थियो । यसै अभावलाई केहि हदसमम सम्बोधन गर्न सकिन्छ कि भनी सर्वाङ्गिण विकास अध्ययन केन्द्रले एक अध्ययन गरेको छ । उक्त अध्ययनमा प्रदेश ३ का दुई जिल्लाहरु सहित पश्चिम नेपालका आठ जिल्लाहरुका १०३ जना कृषकहरुसँग छलफल गरी तथ्याङ्क संकलन गरिएको छ । ति कृषकहरु कुनै न कुनै तरकारी खेती गरी बिक्री गर्दै आएका छन् । निश्चित प्रश्नावली तयार पारी उनिहरुसँग प्रत्यक्ष व्यक्तिगत अन्र्तवार्ता गरी तथ्याङ्क संकलन गरिएको हो ।     
    अध्ययनको क्रममा तरकारीको मूल्य, कृषकले बिक्री गर्ने मूल्य भन्दा झण्डै ६५% बढी तिरेर उपभोक्ताले खरिद गर्ने गरेको पाइयो । उपभोक्ताको मूल्य कालिमाटि तरकारी तथा फलफूल बजारको खुद्रा मूल्यलाई आधार मानिएको हो । प्रायः कृषकले आफ्नो उत्पादित तरकारी नजिकको बजार तथा स्थानियलाई बेचेता पनि झण्डै १८% कृषकले बारीबाटै व्यापारीलाई पनि बिक्री गरेको पाइयो । तरकारी बिक्री गर्ने कृषक मध्ये एक चौथाई कृषक आफुले पाएको मूल्यमा असन्तुष्टी रहेको पाइयो । मूल्यमा असन्तुष्ट हुनुको मुख्य कारणमा लागत अनुसारको मूल्य नपाउनु रहेको छ, भने अन्य कारणहरुमा व्यापारीले कम मूल्यमा खरिद गरिदिनु, प्रतिस्पर्धा हुनु गुणस्तरिय उत्पादन हुन नसक्नु रहेको छ । बारीबाटै व्यापारीलाई बिक्री गर्ने कृषक मध्ये झण्डै ५५% कृषकलाई उनीहरुले बिक्री गर्ने तरकारीको मूल्य र उपभोक्ताले खरिद गर्ने मूल्यमा अन्तर छ भनि जानकारी नै छैन । जानकारी हुने कृषकले पनि सिधै उपभोक्तालाई नबेच्नुको मूख्य तिन कारणहरुमा एकैचाटी धेरै उत्पादन हुनु, बजार टाढा हुनु र बेच्न सजिलो हुनु रहेका छन् भने केहि कृषकले उपभोक्तालाई सिधै बेच्दा पछी व्यापारीले नकिनिदिने डरका कारणले सिधैं उपभोक्तालाई बिक्री नगर्ने गरेको पाइयो । यस्तो मूल्यान्तर घटाउन सरकारले मूल्य निर्धारण गर्नुपर्ने, नजिकै बजार व्यवस्था गर्नुपर्ने तथा सरकारी निकाय पनि राम्रो हुनु पर्ने धारणा कृषकले व्यक्त गरेका छन् । आगामी सिजनमा तरकारी लगाउने कृषक मध्ये मात्र ११% कृषकले लगाइरहेको क्षेत्रफल घटाउने तथा लगाउने छाड्ने योजना गराएका छन् ।  घटाउने तथा लगाउन छाड्नेको मूख्य कारणहरुमा राम्रो बजार मूल्य नपाउनु, जनशक्तीको अभाव हुनु, उत्पादीत तरकारी खेर जानु, चाँडो बिग्रनु तथा भण्डारण गर्ने ठाउँको अभाव हुनु आदी रहेकाछन् । 
    अध्ययनको क्रममा कृषक र उपभोक्ता बिचको विद्यमान मूल्यान्तर न्यूनिकरण गर्नुका साथै कृषकमा समस्याहरु समाधानका लागी सरकारी तवरबाट तरकारीको मूल्य निर्धारण तथा नियमन गर्नु पर्ने, कृषकलाई मूल्यान्तरको बारेमा जानकारी प्रदान गर्नु पर्ने र तरकारी भण्डारण तथा नजिक बजार व्यवस्था गर्नु पर्ने हुन्छ । माथि उल्लेखित कार्य सरकारको तर्फबाट गर्दा व्यापारीले कम मूल्यमा तरकारी खरिद गर्ने समस्या समाधान हुने, बजार व्यवस्थित हुनुको साथै व्यवसायिक रुपमा उत्पादीत तरकारीको भण्डारणको अभावमा खेर जाने समस्याको समाधान पनि हुने हुन्छ । जसले गर्दा भविष्यमा तरकारी खेतीमा लाग्ने कृषकको संख्या वृद्धि हुने तथा उत्पादन वृद्धि भई तरकारीमा नेपाल आत्मनिर्भर हुदै जाने वातावरण निर्माण हुनुको साथै उपभोक्ताले पनि सुलभ मूल्यमा तरकारी खरिद गर्ने वातारण श्रृजना 
हुन्छ । त्यसका अतिरिक्त बजार व्यवस्थित हुनुको साथै कालो बजारीको अन्त्य हुन्छ ।

Click below to download the full version of Research paper.